आहारारा पोखरा गोल्डकपमा आजदेखि क्वार्टरफाइनलका खेल हुँदै

  • २०८० माघ १३, शनिबार (६ महिना अघि)
  • १५५ पटक पढिएको
आहारारा पोखरा गोल्डकपमा आजदेखि क्वार्टरफाइनलका खेल हुँदै

काठमाडौं– २३ औं आहारारा पोखरा गोल्डकपमा आजदेखि क्वार्टरफाइनलका खेल हुदैछन् । पहिलो क्वार्टरफाइनलमा थ्रीस्टार क्लब र आमन्त्रित भुटानी क्लब पारो एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुने छ ।

Advertisement

प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २–० ले हराउँदै थ्रीस्टार अन्तिम ८ मा पुगेको हो । भुटानी क्लब पारो भने बाइ पाएर सीधै क्वार्टरफाइनल पुगेको हो । भुटानी लिग विजेता क्लब पारोको पोखरा गोल्डकपमा पहिलो सहभागिता हो ।

आजको खेल जित्ने टिम सेमिफाइनल पुग्नेछ । आज जित्ने टोलीले माघ १७ गते जाउलाखेल र मनाङमर्स्याङ्दीमध्ये एउटासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट