आईसीसीले हटायो श्रीलङ्कामाथि लगाएको निलम्बन

  • २०८० माघ १५, सोमबार (६ महिना अघि)
  • १२९ पटक पढिएको
आईसीसीले हटायो श्रीलङ्कामाथि लगाएको निलम्बन

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डमाथि लगाएको निलम्बन हटाएको छ ।

Advertisement

गएको नोभेम्बरदेखि श्रीलङ्कामाथि लगाएको प्रतिबन्ध हिजोको बोर्ड बैठकले तत्काल लागू हुने गरी हटाएको हो ।

सन् २०२३ को विश्वकप क्रिकेटमा भारतसँगको हारपछि श्रीलङ्काका खेलकुदमन्त्री रोशन रानासिङ्घेले श्रीलङ्का क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गरेका थिए ।

श्रीलङ्का क्रिकेट बोर्ड प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो । त्यसैको कारण १९ वर्षमुनिको विश्व कप श्रीलङ्काबाट दक्षिण अफ्रिकामा सरेको हो ।

श्रीलङ्काको क्रिकेट टोलीलाई भने आईसीसीले अन्तर्राष्ट्रिय खेल खेल्न कुनै रोक लगाएको थिएन । अहिले श्रीलङ्का क्रिकेट बोर्डले सदस्यको दायित्व उल्लङ्घन नगरेको आईसीसीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट