काठमाडौं– त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको छ ।
नेपालले आजको खेलमा टोलीमा एक जना परिवर्तन गरेको छ । अनिल शाहको ठाउँमा कुशल भुर्तेल आएका छन् । यो खेल जितेमा नेपालको फाइनल पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले भोलि हुने नामिबिया र नेदरल्यान्ड्सबीचको खेलको नजिता पनि कुर्नुपर्नेछ । फाइनल खेल मङ्गलवार हुनेछ ।
नेदरल्यान्ड्स ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपाल २ अङ्कसहित दोस्रो स्थानमा र समान अङ्क भए पनि नामिबिया नेट रन रेटका आधारमा पुछारमा छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।