काठमाडौं– टी–२० त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिम हङकङविरुद्ध खेल्दैछ । हङकङमा आजदेखि सुरु हुने शृंखलामा घरेलु टिमसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी) को सहभागिता छ ।
हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । आजको खेलपछि नेपालले मंगलबार पीएनजीविरुद्ध खेल्नेछ ।
त्यसअघि नेपालले हिजो हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । सो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । हङकङले प्रस्तुत गरेको २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १६.४ ओभरमा १ सय ३९ रनमा समेटिएको हो ।
फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।