काठमाडौं– धादिङका कुशल अधिकारी ‘कमेडी च्याम्पियन सिजन ३’ को सुपर ३० मा पुग्न सफल भएका छन् ।
अडिशन राउण्डको छायाङ्कन सकिएर प्रसारणको तयारीमा रहेको कमेडी रियालिटी शो मा प्रतियोगीताका लागि डिजिटल अडिशनबाट १३२ जनालाई प्री–जजीङमा सहभागी गराएको थियो । ति मध्येबाट ७६ जना फिजिकल अडिशन राउन्डमा छानिदा कुशल पनि सुपर ३० मा पुग्न सफल भएका हुन् ।
धादिङको गल्छी गाउँपालिका– ६ मुल घर भएका कुशल सदरमुकाम धादिङबेसीमा बस्दै आएका छन् । नीलकण्ठ माध्यामिक विद्यालय धादिङबेसीमा कक्षा १२ मा अध्ययनरत कुशलले एक बर्ष अघि सेन्टर फ्रुट कमेडी अन टपको उपाधी समेत जितिसकेका छन् ।
प्रशारण हुन लागेको तेस्रो सिजनमा १३ वर्षकी बालिकादेखि जेष्ठ नागरिक सम्म प्रतिस्पर्धामा रहेको आयोजकले जनाएको छ । कान्तिपुर टेलिभिजन र डिजिटल प्लेटफर्म ओएसआरबाट शो आउन लागेको मिडिया एजेन्सी एडिले जानकारी दिएकोे छ । मुख्य प्रायोजकमा डिशहोम फाईबरनेट, आईएमईलाईफ ईन्स्योरेन्स, गोल्डस्टार शुज, यतिकार्पेट, जोय स्किन केयर प्रोडक्ट्स, महालक्ष्मी पेन्टस् तथा एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्विसेसका साथै केएलदुगड रहेका छन् । भोटिङ पार्टनरमा खल्ती तथा मेक अप पार्टनर दीवान युनिसेक्स् सालोन् छन् ।
सिजन थ्रिको निर्णायकमा सिन हास्य कलाकार द्वय सन्तोष पन्त र मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई रहने आयोजकले जनाएको छ । यो सिजन पनि कार्यक्रम प्रस्तोतामा रीमा विश्वकर्मा र मेक्सम गौडेल रहनेछन् । शोको पहिलो सिजनमा हिमेश पन्त, दोस्रोमा भरतमणि पौडेल विजेता भएका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।