प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमले चौथो जित निकाल्दा कोशीको लगातार आठौं हार

  • २०८० माघ १०, बुधबार (१ साल अघि)
  • ४३० पटक पढिएको
प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमले चौथो जित निकाल्दा कोशीको लगातार आठौं हार

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशमाथि आठ विकेटको सजिलो जित हासिल गरेको छ ।

Advertisement

जारी प्रतियोगितामा हालसम्म आठ खेल खेलेको कोशी प्रदेशले एक खेल पनि जित्न सकेको छैन । लगातारको हारसँगै कोशी प्रदेश यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । पाँचौँ खेल खेलेको सुदूरपश्चिम प्रदेशको भने यो चौथो जित हो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको कोशी प्रदेशले ३२ ओभरमै अलआउट हुनुअघि एक सय २३ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले भने २१.१ ओभरमै केवल दुई विकेट गुमाएर जित हासिल गरेका हुन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट