|फाइल फोटो
काठमाडौं- महिला टी–२० क्रिकेट विश्वकपको एसिया छनोटको ‘सुपर थ्री’ मा आज नेपाल र घरेलु टोली थाइल्यान्ड खेल्दैछन् ।
नेपाल र थाइल्यान्डबीचको खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे टेर्डथाई क्रिकेट मैदान बैंककमा सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगिसकेको छ । यो खेल जितेमा नेपाल एसिया छनोटको विजेता नै बन्नेछ ।
नेपालको महिला टोली इतिहास रच्न सफल भएको छ । अब नेपाल र थाइल्यान्डले एसियाको प्रतिनिधित्व गर्दै विश्वकप छनोट खेल्नेछन् ।
विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोलीले इङ्ग्ल्यान्डमा सन् २०२६ मा हुने टी–२० विश्वकपमा पुग्नेछन् । यसअघि नेपाल र थाइल्यान्डबीच एसिया कपमा ६ पटक भेट भएकोमा थाइल्यान्डले ६ वटै जितेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप