काठमाडौं– आर्थिक वर्ष ०८१ र ८२ मा सबैभन्दा धेरै आर्थिक कारोबार गर्ने पेट्रोल पम्पको सूचीमा धादिङको भैरवी इन्टरप्राइजेज पहिलो स्थानमा रहेको छ । यस पम्पले गत आर्थिक वर्षमा एक अर्ब ८० करोड ४९ लाख ७५ हजार ८७३ रुपैयाँको पेट्रोल–डिजेल आयल निगमबाट खरिद गर्दै सबैभन्दा धेरै कारोबार गर्न सफल भएको हो ।
आयल निगमबाट खरिद गरेको इन्धनमा निगमले नै तोकिएको नाफादर जोडेर मात्रै पम्पले इन्धन बिक्री गर्न पाउने व्यवस्था छ । त्यसैले निगमबाट बढी मूल्यको इन्धन खरिद गर्ने पेट्रोल पम्प नै सबैभन्दा धेरै कारोबार गर्न सक्षम हुने गरेका छन् ।
आर्थिक वर्ष ०७९ र ०८० मा पनि एक अर्ब ७९ करोडको कारोबार गर्दै पहिलो भएको थियो । धादिङ सदरमुकाम धादिङबेँसीको भैरवी पम्पले निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जबाट दैनिक ६० हजार लिटरसम्म डिजेल र १० हजार लिटरसम्म पेट्रोल खरिद गरेको लैजाने गरेको छ ।पम्पले जलविद्युत आयोजना, निर्माणाधीन सडकलगायतलाई ठुलो परिमाणमा इन्धन बिक्री गर्दै आएको बताइएको छ ।
भैरवीले गत आर्थिक वर्षमा ९८ लाख ३१ हजार लिटर डिजेल र २६ लाख ३६ हजार ४८० लिटर पेट्रोल खरिद गरेर लगेको निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप