पहिरोले पुरिएर श्रीमानको मृत्यु, बेपत्ता श्रीमतीको खोजी जारी 

  • २०८२ श्रावण ४, आईतबार (१६ घण्टा अघि)
  • ६० पटक पढिएको
पहिरोले पुरिएर श्रीमानको मृत्यु, बेपत्ता श्रीमतीको खोजी जारी 

काठमाडौं– पर्वतको मोदी गाउँपालिका– ३ देउरालीको लाङ्दीमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ भने एक जना  बेपत्ता भएकी छिन् ।

पहिरोमा परि बेपत्ता भएका दम्पती मध्ये ७८ वर्षीय छविलाल विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । घर माथिबाट खसेको पहिरोमा परि बेपत्ता भएकी छविलालकी श्रीमती विष्णुमतीको खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर बेपत्ताको खोजी कार्य भई रहेको छ । अत्यधिक वर्षा भएकाले उद्धारमा समेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

गएरातिदेखि परेको भारी वर्षाका कारण आज बिहान घरमाथि कान्लोबारी खस्दा दम्पती पुरिएका थिए भने उनीहरूकी २८ वर्षीया बुहारी पवित्रा हामफालेर ज्यान जोगाउन सफल भएकी स्थानीयले बताएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट