काठमाडौं– सेयर कारोबार रकममा २१ अर्ब नाघेर नयाँ रेकर्ड कायम गरेको हो। साताको पहिलो कारोबार दिन आइतबार २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँको सेयर कारोबार भएको छ।
मौद्रिक नीति घोषणा भएपछि कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको हो । यसअघि साउन १ गते १६ अर्ब बढीको सेयर कारोबार भएको थियो ।
नेप्से परिसूचक २८६७.७६ विन्दुमा अडिएको छ। कारोबार रकममा उच्च वृद्धि भए पनि नेप्से परिसूचकमा भने गिरावट आएको छ । ३१६ स्क्रिप्सको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर २१ अर्बमा खरिद बिक्री भएका छन् ।
कारोबारमा आएकामध्ये १०५ स्क्रिप्सको मूल्य बढ्दा १४४ वटाको घट्यो। आज पाँच समूहको उपसूचक बढ्दा अन्यको उपसूचक नकारात्मक देखिएका छन्।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप