काठमाडौं– गुडिरहेको कारमा ढुंगा खस्दा ३ जना घाइते भएका छन् । नारायणगढ-मुग्लिन सडकको इच्छाकामना गाउँपालिका-५ मुग्लिननजिकै तुइन खोलामा गुडिरहेको भारतीय नम्बर प्लेटको कारमा ढुंगा खस्दा तीन जना घाइते भएका हुन् ।
यूपी ८० जीपी २९२८ नम्बरको भारतीय कारमा ढुंगा खस्दा कारमा रहेका तीन जनामध्ये एक जना मध्यम र दुई जना सामान्य घाइते भएको चितवन प्रहरीले जनाएको छ । कारमा बस्ने भारत आगराका रतेन्द्र यादव र हितेन्द्र यादव सामान्य घाइते छन् । हर्मान यादवको ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप