धादिङमा हात्ती गाडीको ठक्करबाट पैदल यात्री गम्भीर घाइते

धादिङमा हात्ती गाडीको ठक्करबाट पैदल यात्री गम्भीर घाइते

काठमाडौं– धादिङको धुनिवेशी नगरपालिका–५ फुलौरेस्थित धार्के–सितापाईला सडकखण्डमा हात्ती गाडीको ठक्करबाट एक जना पैदल यात्री गम्भीर घाइते भएका छन् ।

काठमाडौंबाट धार्केतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ९४८९ नम्बरको हात्ती गाडीले स्थानीय करिव ३२ वर्षीय विक्कि तामाङलाई ठक्कर दिँदा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । हमालका अनुसार  तामाङको टाउको र दाहिने कोखामा चोट लागेको र अवस्था गम्भीर रहेको छ।

घाइतेलाई तत्काल उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ । दुर्घटनामा संलग्न हात्ती गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट