धादिङ– कृषक बजार पाठशाला सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम आईतबारबाट धादिङ बेसीमा शुरुवात भएको छ । प्रशिक्षक प्रशिक्षण तालिम गंगाजमुना र खनियाबासका समुहबाट छनौट भई आएका अगुवा कृषक र परियोजना संलग्न कर्मचारीहरु गरी २४ जनाको सहभागी रहेका छन् ।
शुक्रवारसम्म संचालन हुने ५ दिने तालिममा आड्रा नेपालका जिविकोपार्जन टिम लिडर कविररत्न स्थापित र कार्यक्रम व्यवस्थापक सुरज आचार्यले समुदायमा बैठक र समूह पहिचान,समूह गठन र अध्ययन प्रक्रियाको जानकारी,कृषि प्रसार र बजारको बारेमा कृषकको अनुभव,अनुगमन,घरेलु अर्थव्यवस्था र पारिवारिक खेती,मौसम पात्रो, नगद प्रवाह र बचत,बजार, मूल्य, भुक्तानीका सर्तहरू र गणना सीप,मूल्य श्रृंखला लगायतका बिषयबस्स्तुमा सहजिकरण गर्ने प्रयास नेपालका प्रशासन तथा लजिष्टक सहायक राममाया तामाङले जानकारी दिए ।
यसैगरी तालिममा नक्सा, मूल्य अभिवृद्धि र मूल्य ह्रास (घट्ने) सुधार सीप, बजार भ्रमण (स्थानीय बजार), वार्ता र सम्झौता,सामूहिक बजार र संगठन ऐच्छिक सत्र, सहजीकरण सहभागीले आफ्नो समूहमा गएर तालिम दिने बिषयबस्तुमा समेत सहजिकरण गरिएको छ । तालिम पछि अगुवा कृषकहरुले कृषक बजार पाठशाला सम्बन्धी निर्देशिकाको आधारमा रहि समुह तहमा पाठशाला संचालन मार्फत उत्पादन वृद्धि र बजारीकरण सम्बन्धी ज्ञान,सिप र अनुभव प्रदान गर्नु हुने प्रयास नेपाल धादिङका फिल्ड संयोजक सुरज खनालले बताए ।
पहिलो चरणमा गंगाजमुनामा ३ स्थान र खनियावासमा २ स्थानमा कृषक बजार पाठशाला संचालन हुने पनि संयोजक खनालले जानकारी दिए । तालिमको उद्घाटन सत्रमा प्रयास नेपाल धादिङका अध्यक्ष बिर बहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल, उप समिति संयोजक ईश्वरी कोईराला लगायतले तालिममा सहभागीहरुलाई शुभकामना दिएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप