धादिङको खानीखोलामा पेट्रोलियम पदार्थ बोकेको ट्यांकरमा आगलागी

धादिङको खानीखोलामा पेट्रोलियम पदार्थ बोकेको ट्यांकरमा आगलागी

काठमाडौं- त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका–८ खानिखोलामा पेट्रोलियम पदार्थ बोकेको ट्याङकरमा आगलागी भएको छ ।

Advertisement

बाराको अम्लेखगंजबाट काठमाण्डौतर्फ आउँदै गरेको ना.७ ख.३७७४ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङकरमा अचानक इन्जिनको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक हमाललका अनुसार २० हजार लिटर पेट्रोलियम पदार्थ बोकेको ट्याङकरमा आगलागी भएको हो । आगलागी भएको खबर पश्चात प्रहरी, दमकल तथा स्थानीयको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिईएको हो । आगलागीबाट मानविय क्षति भने हुन पाएन । ट्याङकरको इन्जिनको तारमा मात्र क्षति भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट