काठमाडौं- त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका–८ खानिखोलामा पेट्रोलियम पदार्थ बोकेको ट्याङकरमा आगलागी भएको छ ।
बाराको अम्लेखगंजबाट काठमाण्डौतर्फ आउँदै गरेको ना.७ ख.३७७४ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङकरमा अचानक इन्जिनको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक हमाललका अनुसार २० हजार लिटर पेट्रोलियम पदार्थ बोकेको ट्याङकरमा आगलागी भएको हो । आगलागी भएको खबर पश्चात प्रहरी, दमकल तथा स्थानीयको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिईएको हो । आगलागीबाट मानविय क्षति भने हुन पाएन । ट्याङकरको इन्जिनको तारमा मात्र क्षति भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप