धादिङमा सहकारी व्यवस्थापन सम्बन्धी तालिम सुरु

  • २०८२ भाद्र ४, बुधबार (९ घण्टा अघि)
  • १०२ पटक पढिएको
धादिङमा सहकारी व्यवस्थापन सम्बन्धी तालिम सुरु

धादिङ– धादिङमा तीन दिने सहकारी व्यवस्थापन सम्बन्धी तालिम सुरु भएको छ । सहकारी संस्थाको संस्थागत विकास र दिगो सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

Advertisement

एआईआएएन लग्जम्बर्गको आर्थिक सहयोगमा ग्रामीणमुखी युवा अभियान (रोयम) नेपाल धादिङले तालिमको आयोजना गरेको हो । तालिममा नीलकण्ठ नगरपालिका–५ र नेत्रावती डबजोङ गाउँपालिका–५ का १० वटा सहकारी संस्थाका पदाधिकारी, सदस्य तथा कर्मचारी गरी २७ जना सहभागी रहेका छन् ।

सहकारी संस्थाको संस्थागत विकास, नियमित सञ्चालन, रणनीतिक योजना तयारी, कर व्यवस्थापन, सम्पत्ति शुद्धीकरण निवारण, सहकारीको वित्तीय जोखिम व्यवस्थापन र त्यससम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासबारे तालिममा प्रशिक्षण भइ रहेको रोयम नेपाल धादिङका जिल्ला परियोजना संयोजक हरि शरण धितालले जानकारी दिए । तालिममार्फत सहकारी संस्थाको सञ्चालन रणनीति निर्माण, वित्तीय पारदर्शिता र जोखिम व्यवस्थापनमा ठोस सुधार हुने अपेक्षा गरिएको उनले बताए ।

तालिममा राष्ट्रिय सहकारी महासंघका पूर्वसञ्चालक राजेन्द्र पौड्याल र राष्ट्रिय सहकारी विकास बोर्डका पूर्वसञ्चार अधिकृत विजय चापागाईंले सहजीकरण गरिरहेका छन् । आजबाट सञ्चालन भएको तालिम यहि भदौ ४ गतेदेखि ६ गतेसम्म चल्नेछ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट