काठमाडौं– धादिङको सिद्दलेक गाउँपालिका-६ मुक्तिनाथ नजिकै टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
धादिङबेसीबाट मलेखु तर्फ जाँदै गरेको बागमती प्रदेश ०१- ००४ क १०८१ नम्बरको टिपर गत राती दुर्घटनामा परेको हो । आज (बुधबार) विहान स्थानीयले देखेपछि गजुरी गाउँपालिका-५ घर भएका टिपर चालक मृत अवस्थामा भेटिएको हो ।
घटनास्थल पुगेका धादिङ शोसियल भोलेन्टियरका रोस्मित अधिकारीका अनुसार टिपर सडकबाट तल खेतमा पुगेको छ । चालकको शव स्थानीयले छोपेर राखेका छन् । प्रहरीमा भर्खरै मात्रै खबर आएको र जिल्ला प्रहरी कार्यालय धादिङको टोली घटनास्थल तर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप