धादिङमा मोटरसाइकल र स्कार्पियो ठोक्किदा दुई जना घाइते

धादिङमा मोटरसाइकल र स्कार्पियो ठोक्किदा दुई जना घाइते

काठमाडौं- धादिङको नीलकण्ठ नगरपालिका-८ मुरलीभञ्ज्याङमा स्कार्पियो र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।

धादिङबेसीबाट सल्यानटार तर्फ जादै गरेको BAC4063 नम्बरको स्कारपियो र बिपरित दिशाबाट आउदै गरेको बा ३२ प ८००८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक हमालका अनुसार  दुर्घटनामा परि मोटरसाइकलमा सवार नीलकण्ठ नगरपालिका-९ निगालपानीका ३९ वर्षीय राकेश खाती र ३५ वर्षीय कुमार बराईली घाइते भएका छन् । खातीको  छातिमा चोट लागेको र अवस्था गम्भिर रहेको छ भने अनुहार र दुबै खुट्टामा चोट लागेको छ । बरायलीको अवस्था मध्यम रहेको उनले बताए ।

दुर्घटनामा परि घाइते भएका दुबै जनाको धादिङ अस्पतालमा उपचार भई रहेको छ । दुबै सवारी साधन र स्कारपियो चालक काठमाडौं मुलपानीका ४८ वर्षीय राजेन्द्र फुयाल जिल्ला प्रहरी कार्यालय धादिङको  नियनत्रणमा रहेको प्रहरी नायव उपरीक्षक हमालले जानकारी दिए ।

 

Advertisement

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट