काठमाडौं- धादिङको थाक्रे गाउँपालिका–२ बाह्रकिलामा यात्रुबाहक बस र टिपर एक आपसमा ठोक्किदा पाँच जना घाइते भएका छन् ।
भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०३३५ नम्बरको बस र काठमाडौंबाट नुवाकोटतर्फ जादै गरेको बागमती प्रदेश००६ ख ४२६० नम्बरको टिपर ठोक्किदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
दुर्घटनामा परि घाइते हुनेहरुमा बस चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलबासका २७ वर्षिय सन्देश अधिकारी, कञ्चन गाउँपालिका–४ का ६० वर्षिय आईत बाहारी थारु, गुल्मी दरबार गाउँपालिका–२ का ४० वर्षिय कमल सारु मगर, कपिलबस्तु शीवराज नगरपालिका–७ का २४ वर्षिय पकंज पाण्डे, नवलपरासी देवचुली नगरपालिका–५ का ३२ पुनम थसु घाइते भएका छन् ।
टाउकोमा चोट लागेका आइत बाहारी थारुलाई ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको महादेवस्थित थाक्रे पोलिक्लिनिकमा उपचार भइरहेको छ । नुवाकोट बेलकोटगढी नगरपालिका–१२ का २८ वर्षिय प्रविन श्रेष्ठलाई प्रहरीले नियन्त्रमा लिएको प्रहरी नायव उपरीक्षक हमालले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप