धादिङको सांकोषमा बोलेरो दुर्घटना हुँदा ११ जना घाइते

  • २०८२ आश्विन १७, शुक्रबार (१ हप्ता अघि)
  • ३६० पटक पढिएको
धादिङको सांकोषमा बोलेरो दुर्घटना हुँदा ११ जना घाइते

काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका-१३ पचघरेमा बोलेरो दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

दामन पाख्रिन मार्ग अन्तर्गत सांकोष पचघरेमा बोलेरो सडकमा पल्टिएर दुर्घटना हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिएको छ। दार्खाबाट धादिङबेसी तर्फ आउदै गरेको ग १ ज ६७५५ नम्बरको बोलेरो दुर्घटना भएको हो ।

स्थानीयका अनुसार बोलेरोमा १४ जना सवार थिए । दुर्घटनामा परी घाइते भएका ११ जनाको धादिङ अस्पतालमा उपचार भइरहेको धादिङ अस्पतालका डाक्टर दिनेश रेग्मीले जानकारी दिए। छ जनाको इमर्जेन्सीमा राखेर उपचार भइरहेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले जानकारी दिए।

दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट