





























काठमाडौँ– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका- ७ भल्टारमा यात्रुवाहक बस र टिपर एकआपसमा ठोकिँदा ११ जना घाइते भएका छन्। ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु .प्र. ०१-००१ ख ०७६६ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट धादिङतर्फ आइरहेको ना ८ ख २५९१ नम्बरको टिप्पर एकआपसमा ठोकिँदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक दाहालका अनुसार दुर्घटनामा परी घाइते भएकाहरूको गल्छीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । अहिले पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। घाइतेहरूको अवस्था मध्यम तथा सामान्य रहेको छ। दुर्घटनामा परी दुवै सवारीको अगाडिको भागहरूमा क्षति पुगेको उनले जानकारी दिए ।


स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
