





























धादिङ–आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारीले ज्वालामुखी गाउँपालिका वडा नम्बर १, २, ३ र ४ का विभिन्न बस्तीमा मतदाता भेटघाट कार्यक्रम गरेका छन् ।


भेटघाटका क्रममा स्थानीयवासीले खानेपानी, सडक स्तरोन्नति, सिँचाइ सुविधा, रोजगारी व्यवस्थापन लगायतका आधारभूत समस्याहरू समाधान गर्न माग राखेका छन्। विशेषगरी वडा नम्बर ३ हटियाका बासिन्दाले वर्षौंदेखि भोग्दै आएको खानेपानी अभावको समस्या तत्काल समाधान गर्नुपर्ने विषय जोडदार रूपमा उठाएका छन् । स्थानीयले विकासका पूर्वाधार निर्माणसँगै युवाका लागि रोजगारी सिर्जना गर्न ठोस योजना आवश्यक रहेको बताएका हुन्।
मतदाताले उठाएका सवालमा प्रतिक्रिया दिँदै उम्मेदवार भण्डारीले समस्या क्रमिक रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। “देश र जनताको सेवा गर्ने पार्टी नेपाली कम्युनिस्ट पार्टी हो। तपाईँहरूले उठाउनु भएका माग जायज छन् । निर्वाचित भएपछि यी माग पूरा गर्न कटिबद्ध भएर लाग्नेछौं,” उनले भने।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
