रोजगारी, विकास र आत्मनिर्भर अर्थतन्त्रका लागि पहल गर्छौं: एमाले उम्मेदवार त्रिपाठी

  • २०८२ फागुन १, शुक्रबार (३ घण्टा अघि)
  • १४ पटक पढिएको
रोजगारी,  विकास र आत्मनिर्भर अर्थतन्त्रका लागि पहल गर्छौं: एमाले उम्मेदवार त्रिपाठी

धादिङ– आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उम्मेदवारी दिएका भूमि त्रिपाठीले रोजगारी, विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि पहल गर्ने बताएका छन् ।

शुक्रबार धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २, ६ र ११ नम्बर वडाका टोल तथा बस्तीहरुमा मतदाता भेटघाट गर्दै एमाले उम्मेदवार त्रिपाठीले समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पुरा गर्नका लागि एमालेले जित्नु पर्ने बताएका हुन् । जनताका समस्या भनेको सिंचाइ सुविधा नहुनु, सफा खानेपानी नहुनु,  कृषि उत्पादनले बजार नपाउनु र रोजगारी अभाव भएकोले यसको समस्या समाधान गर्न निति कानूनबाटै नागरिकको हितमा काम गर्ने उनले बताए ।

एमाले उम्मेदवार त्रिपाठी घरदैलो भेटघाट गर्दै महादेबबेसी, रानीबारी, बालुवाफाँट, चण्डीस्थान, मानखुटार, बाह्र किला लगायतका स्थानमा कोणसभा समेत गरिएको थियो ।

कृषिलाई बजारी करण समेत गर्ने गरि व्यवसायिकरण गर्ने, शिक्षा र स्वास्थय नागरिकको अधिकार सुनिश्चित गर्ने, बेरोजगारलाई रोजगारी दिने किसिमको निति ल्याउने त्रिपाठीले बताएका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट