खानी सम्बन्धी स्पष्ट नीति ल्याउँछौँ: एमाले उम्मेदवार घले

  • २०८२ फागुन ४, सोमबार (६ घण्टा अघि)
  • १० पटक पढिएको
खानी सम्बन्धी स्पष्ट नीति ल्याउँछौँ: एमाले उम्मेदवार घले

धादिङ– आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवारी दिएका धनबहादुर घलेले खानीजन्य पदार्थ उत्खनन सम्बन्धी स्पष्ट नीति ल्याउने बताएका छन्।

मतदाता भेटघाट कार्यक्रम अन्तर्गत उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका तिप्लिङका गाउँ बस्ती पुगेका उम्मेदवार घलेले उत्तरी धादिङमा रहेको खानीजन्य पदार्थको उत्खननमा नीतिगत समस्या रहेको भन्दै आवश्यक नीति ल्याई उत्तरी धादिङको दिगो विकास र नागरिकको आयआर्जन वृद्धि गर्न पहल गरिने उनले बताए।

‘उत्तरी धादिङको रुवीभ्यालीका बस्तीहरू निकै दुर्गममा रहेका छन्। यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका थुप्रै खालका समस्याहरूको समाधान गर्नुपर्नेछ। त्यससँगै यहाँका नागरिकको आयआर्जनलाई जोड्न खानीजन्य पदार्थको उत्खननका लागि स्पष्ट नीति आवश्यक छ। त्यसका लागि हदैसम्मको प्रयास गरी नीति ल्याउने र यहाँको विकासका लागि लाग्नेछु’ उनले भने ।

स्पष्ट नीति नहुँदा रुवीभ्यालीका नागरिकहरूले ठूला खालका समस्या भोग्नुपरेको उनले बताए । घलेले भने- ‘घर आँगनमा भएका खानीजन्य पदार्थको उत्खनन तथा बिक्री वितरण गर्न पाएका छैनन् । हामी स्पष्ट नीति ल्याउनेछौँ  । खानीजन्य पदार्थको उत्खननसँगै बजारीकरणमाबाट यहाका नागरिकको जिवनस्तर माथी उठाउछौं ।’

त्यसैगरी, उत्तरी धादिङलाई जोड्ने साङ्कोष तिप्लिङ सडक विस्तार तथा पक्की सडकका लागि पहल गर्ने उनले बताए । संविधानसभा सदस्य हुँदा यस सडकका लागि आफूले खेलेको भूमिका सम्झदै आगामी दिनमा यस सडक विस्तार तथा पक्की बनाउनका लागि प्राथमिकतामा राख्ने उनले बताएका हुन् ।

मतदाताहरूको जिज्ञासाको सम्बोधन गर्दै घलेले संसारलाई जोड्ने सञ्चार क्षेत्र गाउँमा रहेको नेपाल टेलिकमको टावरमा देखिएको समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । ‘गाउँमा यो टावर राख्न निकै सङ्घर्ष गर्नुपर्यो । अहिले बिहान बेलुका नेटवर्कमा देखिने समस्या सम्बोधन गर्न हाइटेन्सन लाइन जोडेर चौबीसै घण्टा सेवा विस्तार  गर्ने पहल गर्छौं । छुट्टै समस्या हट्नेछ’ उनले भने ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट