बागमतीको मुख्यमन्त्रीमा एमालेका थापामगरको दाबी पेस 

  • २०८३ भाद्र ३, बुधबार (४१ सेकेण्ड अघि)
  • ४ पटक पढिएको
बागमतीको मुख्यमन्त्रीमा एमालेका थापामगरको दाबी पेस 

काठमाडौं– बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरले दाबी पेस गरेका छन् । एमाले–नेकपा गठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थन जुटेपछि थापामगरले दाबी पेस गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि थापाले ६३ सांसदको समर्थनसहित दाबी पेस गरेका हुन्। उनको पक्षमा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसद रहेका छन् ।

थापाको दाबी पेस गर्ने क्रममा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा नेता उद्धव थापा र नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समर्थन पत्रमा हस्ताक्षर गरेका छन्।

यसअघि राप्रपाले बागमती प्रदेश सरकार गठनमा सहभागी नहुने बताउँदै आएको थियो। तर, आवश्यक निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएपछि राप्रपाले एमाले–नेकपा गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो।

११० सदस्यीय बागमती प्रदेश सभामा हाल ६ पद रिक्त रहेकाले १०४ सांसद कायम छन्। सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । एमालेका २५ र नेकपाका २६ सांसद गरी ५१ मात्रै पुग्ने भएकाले बहुमतका लागि थप दुई सांसद आवश्यक थियो। यस्तो अवस्थामा राप्रपाका १२ सांसदको समर्थन निर्णायक बनेको हो।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट