नागढुंगा सुरूङमार्गमा निजी सवारी साधन खुला

  • २०८३ भाद्र ८, सोमबार (१ मिनेट अघि)
  • ० पाठक संख्या
नागढुंगा सुरूङमार्गमा निजी सवारी साधन खुला

काठमाडौं– नागढुंगा सुरूङमार्गमा निजी सवारी साधनलाई पनि खुला गरिएको छ । ९ जनासम्म यात्रु रहेका निजी सवारी साधन (कार, जिप र भ्यान) सञ्चालन गर्न खुला गरिएको हो ।

Advertisement

एक महिना अघिदेखि सञ्चालनमा आएको यस सुरूङमागमा आपतकालीन सवारीलाई मात्रप्रयोग गर्न दिइएको थियो । सोमबार बिहान ९ बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारीसहित ९ सिटसम्मका निजी सवारी साधनलाई आवागमन खुला गरिएको हो ।

परीक्षणस्वरूप यी सवारीलाई निश्चित समयका लागि सुरूङ मार्ग प्रवेश खोलिएको हो । यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरूङ खुला गर्ने तयारी रहेको बताइएको छ ।

सुरुङमार्ग प्रयोग गर्दा प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गतिमा नचलाउन, सवारीको हेडलाइट बाल्न, गाडी टनेलभित्र नरोक्न, ओभरटेक गर्न नपाइने जस्ता नियम राखिएको छ । सुरूङको नियमित सञ्चालनका लागि सुरक्षा युनिट, शुल्क संकलन गर्ने युनिटसहित सुरुङभित्रका गतिविधि सीसीटीभीमार्फत निगरानी गरिनेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट