धादिङका रामकुमार रिमालले ल्याए ‘दिन रातैमा’

  • २०८३ भाद्र ९, मंगलबार (२ घण्टा अघि)
  • ४ पटक पढिएको
धादिङका रामकुमार रिमालले ल्याए ‘दिन रातैमा’

धादिङ– धादिङका रामकुमार रिमालले नयाँ आध्यात्मिक भजन ‘दिन रातैमा’ बजारमा ल्याएका छन् । गायक तथा संगीतकार रिमालले आफ्नै शब्द, संगीत र स्वर रहेको नयाँ भजन ‘दिन रातैमा’ सार्वजनिक गरेका हुन् ।

Advertisement

भजनमा भक्ति, आस्था र आध्यात्मिक चेतनालाई सशक्त रूपमा प्रस्तुत गरिएको छ । आर्थिक पाटोलाई हेरेर मानिसहरुले गर्ने व्यवहारले समाजमा नकरात्मक सोच र वितृष्णा बढी रहको छ । मरेर धन सम्पत्ति साथै लैजाने होइन । बाचुञ्जेल लोभ र इष्र्या छाडेर इष्टमित्र नातागोता तथा साथीभाईसँगको सम्बन्ध सुमधुर बनाउदै खुसी बाड्नु पर्ने यो भजनले सन्देश दिएको छ ।

सुमधुर स्वर, सरल शब्द चयन तथा मन छुने संगीत संयोजनका कारण भजनले श्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको गायक तथा संगीतकार रिमालले बताए । नेपाली भजन संगीत क्षेत्रमा निरन्तर सक्रिय रिमालले आफ्ना सिर्जनामार्फत धार्मिक तथा सांस्कृतिक मूल्यको प्रवद्र्धन गर्दै आएका छन् ।

रामकुमार रिमाल अफिसियल यूट्युव च्यानलमार्फत सार्वजनिक गरिएको ‘दिन रातैमा’ भजन हेरेर प्रतिक्रिया दिन रिमालले श्रोता तथा दर्शकलाई आग्रह गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट