रसुवा बाढीः धादिङका तीन जना सम्पर्कमा आए

रसुवा बाढीः धादिङका तीन जना सम्पर्कमा आए

काठमाडौं– चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि सम्पर्कविहीन रहेका धादिङको खनियाबास गाउँपालिका–४ का तीन जना सम्पर्कमा आएका छन् । सम्पर्कविहीन भएका उनीहरु विहीबार परिवारको सम्पर्कमा आएको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए ।

Advertisement

जलविद्युत आयोजनाको सुरुङमा काम गर्दै आएका ल्हसङ तामाङ, राज थोकर र कैलाश थोकर सम्पर्कमा आएका हुन् । ल्हसङका भाइ गोरखबहादुर तामाङका अनुसार बाढीपछि दाजुसँग सम्पर्क हुन नसक्दा परिवार निकै आत्तिएको थियो । दाजुको मोबाइल स्वीच अफ भएकाले थप चिन्ता बढेको उनले बताए ।

‘आज बिहीबार दाजुसँगै काम गर्ने गाउँकै अर्का दाइलाई फोन गर्दा कल लाग्यो । दाजुसँग पनि कुराकानी भयो,’ गोरखबहादुरले भने– ‘दाजुले आफू सुरक्षित ठाउँमा सकुशल रहेको र चिन्ता नगर्न भन्नुभयो । त्यसपछि हामी निकै खुसी भयौँ । आमासहित सिंगो परिवार नै खुसी छौँ ।’

ल्हसङसहित तीनै जना करिब पाँच महिनादेखि जलविद्युत आयोजनाको सुरुङमा काम गर्दै आएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%६%१%

खोजी गर्नुहोस

ताजा अपडेट