काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण फसेका सञ्जय शाह र कविर महर्जनको जिवितै उद्धार गरिएको हो ।


आज बिहान मात्रै खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको बताइएको थियो । यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवाद भएको थियो । उद्धारमा खटिएको टोलीले भित्र फसेकाहरूलाई ढाडस दिँदै ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’भनी कराउँदा भित्रबाट ‘हुन्छ’ भन्ने स्पष्ट प्रतिक्रिया आएको थियो । अहिले विनाशकारी बाढीका कारण फसेका सञ्जय शाह र कविर महर्जनको जिवितै उद्धार गरिएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
