सेयर बजारमा सामान्य गिरावट

  • २०८० माघ ९, मंगलबार (६ महिना अघि)
  • ३१९ पटक पढिएको
सेयर बजारमा सामान्य गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ ।

Advertisement

लगातार पाँचौ दिन घटेर बन्द हुनेक्रममा आज नेप्से परिसूचकमा ०.४० अंकको गिरावट आएको हो । यो ०.०१ प्रतिशतको गिरावट हो ।

कारोबार सुरु हुँदा बढ्न थालेपनि नेप्से परिसूचक अन्तिममा गिरावट आउँदा घटेर बन्द भयो । आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३७ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । यस्तै, अज ४ अर्ब २९ करोड ४५ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ ।

परिसूचकमा सामान्य गिरावट हुँदा आज ४ कम्पनीको सेयर मूल्यमा उच्च अंकको वृद्धि आएको छ । चन्द्रागिरि हिल्सको सेयर मूल्य १० प्रतिशतले बढ्दा नेपाल ल्यूब ओयल लिमिटेड ९.९९ प्रतिशतले बढेको छ । यस्तै, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समेत ९.९२ प्रतिशते बढेको छ ।

आज ६ समूहको सूचक घट्दा ७ समूहको सूचक भने बढेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट