अमेरिकी स्टक एक्सचेन्जमा नेपाली कम्पनी ‘फ्युजमेसिन्स’ सूचीकृत

  • २०८० माघ १०, बुधबार (६ महिना अघि)
  • १८४ पटक पढिएको
अमेरिकी स्टक एक्सचेन्जमा नेपाली कम्पनी ‘फ्युजमेसिन्स’ सूचीकृत

काठमाडौं – नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गरेको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको स्टक एक्सचेन्ज ‘नास्डक’ मा सूचीकृत हुने भएको छ ।

Advertisement

‘आर्टिफिसियल इन्टेलिजेन्स’ (कृत्रिम बौद्धिकता–एआई) सँग सम्बन्धित काम गर्दै आएको कम्पनी ‘फ्युजमेसिन्स’ र ’सीएसएलएम एक्विजिसन कर्प’ बीच ’नास्डक’ मा सूचीकृत हुने गरी मर्जर सम्झौता भएको छ । मर्जरपछि कम्पनीको मूल्याङ्कन २ सय मिलियन डलर बराबरको हुने अपेक्षा गरिएको छ ।

कम्पनीका संस्थापकसमेत रहेका प्रमुख कार्यकारी अधिकृत डा. मास्केका अनुसार ’सीएसएलएम’ कम्पनीसँगको सहकार्यपछि कम्पनी ’फ्युज’ नामबाट ’नास्डाक’ मा सूचीकृत हुनेछ । यो प्रक्रिया सन् २०२४ को दोस्रो त्रैमाससम्म पूरा हुनेछ । अहिले यो सम्झौतालाई दुवै कम्पनीको सञ्चालक समितिले सर्वसम्मतिले पारित गरिसकेको छ भने अब सेयरधनीहरूको स्वीकृति र आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि कम्पनी ’नास्डाक’ मा सूचीकृत हुनेछ ।

अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा सहप्राध्यापकसमेत रहेका डा. मास्केले सन् २०१३ मा ’फ्युजमेसिन्स’ कम्पनी स्थापना गरेका थिए । अहिले ’फ्युजमेसिन्स’ कम्पनीले नेपाल, अमेरिका र क्यानाडाका विभिन्न कम्पनी तथा संस्थासँग काम गरिरहेको छ । कम्पनीमा कार्यरत ४ सय ५० जना कर्मचारीमध्ये ३ सय ५० जनाले नेपालबाट काम गरिरहेका उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट