६० किलो सुन तस्करी प्रकरण: दावा छिरिङसहित १२ जनालाई थुनामै राख्न अदालतको आदेश

  • २०८० माघ ११, बिहिबार (६ महिना अघि)
  • १४६ पटक पढिएको
६० किलो सुन तस्करी प्रकरण: दावा छिरिङसहित १२ जनालाई थुनामै राख्न अदालतको आदेश

काठमाडौं– ६० किलो सुन तस्करी प्रकरणमा थुनामा रहेका १२ जनालाई धरौटीमा छाड्न अदालतले अस्वीकार गरेको छ । उच्च अदालतले पाटनले हिजो बेल्जियमका नागरिक दावा छिरिङसहित १२ जनाले थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिएको हो ।

Advertisement

दावासहित टासी भन्ने थुप्तिन छिरिङ, शिवकुमार सर्राफ, हर्कराज राई, दिलिप भुजेल, रामकुमार भुजेल, राजेन्द्रकुमार राई, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल र सन्तोष चन्दलाई काठमाडौं जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामै राख्ने आदेश भएको छ ।

थुनामुक्त हुन पाउँ भन्दै निवेदन दिएका ६ जनासँग भने अदालतले धरौटी माग गरेको छ । कृष्णकुमार श्रेष्ठ र पुष्करराज भट्टबाट अदालतले जनही एक लाख रुपैयाँ धरौटी माग गरेको छ ।

यस्तै, गणेशप्रसाद पौडेल र वीरेन्द्र नेपालीसँग जनही ५ लाख रुपैयाँ तथा सुदर्शन गौतम र यादव पराजुलीसँग जनही २ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट