सुर्यदर्शन सहकारी ठगी प्रकरण: थप दुई जना पदाधिकारीविरुद्ध डिफ्युजन नोटिस जारी

  • २०८० माघ १४, आईतबार (६ महिना अघि)
  • २२१ पटक पढिएको
सुर्यदर्शन सहकारी ठगी प्रकरण: थप दुई जना पदाधिकारीविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं– पोखरास्थित सुर्यदर्शन सहकारीका अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ । यसअघि संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।

Advertisement

बाग्लुङ्ग घर भएका थानबहादुर बुढामगर सहकारीको वर्तमान अध्यक्ष हुन् । ओखलढुङ्गाका भूपेन्द्र राई पूर्व अध्यक्ष हुन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल’ मार्फत उनीहरुविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको हो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १५ जना फरार छन् ।

सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको जाहेरीमा उल्लेख छ । उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट