नेप्से २१ अङ्कले घट्यो, ५ अर्ब २९ करोड रुपैयाँको कारोबार

  • २०८० माघ १७, बुधबार (५ महिना अघि)
  • १७८ पटक पढिएको
नेप्से २१ अङ्कले घट्यो, ५ अर्ब २९ करोड रुपैयाँको कारोबार

काठमाडौं– सेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७ दशमलव ९३ अङ्कमा झरेको छ । हप्ताको तीन दिन लगातार बढेको सेयर बजार आज चौथो दिन उच्च अङ्कले घटेको हो ।

Advertisement

आज उत्पादनबाहेक सबै समूहको सेयर घटेर बजार राताम्मे हुँदा मेन्छ्याम हाइड्रोसहित चार वटा कम्पनीको सेयर पाँच प्रतिशतभन्दा धेरैले घट्यो ।

समग्रमा बजार घटे पनि आज साम्लिङ पावर कम्पनी र मन्दाकिनी हाइड्रोको सेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज एक करोड ४७ लाख कित्ता सेयर पाँच अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट