काठमाडौं– नेप्से सूचक आज ६ अंकमाथिले घटेको छ । सोमबार ३ अंकले नेप्से सूचक बढेको बजारमा आज ६.२४ अंकले घट्दै २ हजार ६७.२९ अंकमा झरेको हो ।
आज सेन्सेटिभ इन्डेक्स समेत १.१६ अंकले घट्दै ३६८.३९ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
१३ वटा उपसूचक मध्ये आज बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन समूह, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने फाइनान्स, लाइफ इन्स्योरेन्स र माइक्रोफाइनान्स तीनवटा उपसूचक मात्र धनात्मक भएका छन् ।
तथापि, आज हिजोको भन्दा केही कारोबार बढेको छ । ६ अंकले घटेको बजारमा आज ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको ९४ लाख ७८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।