काठमाडौं– धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा चाइनिज ब्रिज निर्माणको काम ९५ प्रतिशत सकिएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा सडक खन्न थालिएको करिब चार दशकपछि पुल निर्माण गरिएको हो ।
उत्तरी धादिङलाई जिल्ला सदरमुकाम जोड्ने यो नै मुख्य मार्ग भएकोले पुल निर्माण गर्न चासो दिएर लागेको खनियाँबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए । पुल नहुँदा बर्खाको पाँच महिना सवारी आवतजावत बन्द हुने गर्दछ । उत्तरी धादिङको रुवीभ्याली, गंगाजमुना, खनियाँबास र नेत्रावती डवजोङ गाउँपालिकालाई जोड्ने १४० फिट लम्बाई, ४.२ मिटर चौडाइको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।
ट्रयाक खोलिएको झन्डै चार दशकपछि अहिले किन्ताङ खोलामा चाइनिज ब्रिज हाल्ने काम भएपछि धादिङको उत्तरी क्षेत्रका स्थानीय खुसी बनेका छन् । पुल बनेपछि उत्तरी धादिङवासीको जीवन फेरिने खनियाबास गाउँपालिकाका प्रकाश तामाङ बताउँछन् । ‘पुल बनेपछि हामी नागरिकले कति राहत पाउँछौँ कल्पनै गर्न सकिन्न । सडक छ, तर अहिले घन्टौँ लगाएर हिँडेरै यात्रा गर्न बाध्य छौँ । कृषिजन्य उत्पादन गाउँमा कुहिएर बसेको छ । तर, बजारसम्म लैजान सकिएको छैन,’ उनले भने, ‘कृषिजन्य उत्पादन बिक्री गरेर घर खर्च चलाउने र चाडपर्व मनाउने किसानको दैनिकी सकस र खल्लो बनेको छ । अहिले पुल बन्दैछ, पुल बनिसकेपछि दुर्गमवासीको जीवन नै फेरिन्छ ।’
उत्तरी धादिङको जीवनस्तरमा सुधार ल्याउन पुल निर्माणका लागि २५ लाख आर्थिक सहयोग गरेको नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताए । पुल नहुदा आपतकालिन समयमा ठूलो समस्या व्यहोर्नु पर्याे । पुल बनेपछि उत्तरी धादिङको जनताको मुक्तिको दिन शुरु हुने खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङको भनाई छ । जनजीवन सहज र उत्पादित कृषिजन्य उत्पादन बजारसम्म लैजान सकिने हुदा जीवनस्तरमा पनि सुधार हुने उनले बताए ।
पुल निर्माणको काम ९५ प्रतिशत सकिएको खनियाबास गाउँपालिकाका इन्जिनियर जीवन गुरुङले बताए । ‘किन्ताङफेदीमा बन्दै गरेको चाइनिज व्रिजको दुवै भागमा फुटपाथ रहने गरी पुल निर्माण गरिएको छ । नेपाल विद्युत प्राधिकरणको त्रिशुली थ्रि ए र थ्रि बि को स्वामित्वमा रहेको बेत्रावतीबाट ल्याएर हाल किन्ताङफेदीमा जडान गरिएको हो’ उनले भने– ‘पुल निर्माणमा १४ बाहिनी अन्तर्गत व्रिजिङ यूनिट गौचरन एयरपोर्टबाट ३५ जना दक्ष कामदार सहितको टोलीले जडान गरिरहेको छ । करिव एक करोड लागत लाग्ने अनुमान रहेको छ ।’
पुलको संघीय सांसद अधिकारीद्धारा अवलोकन
किन्ताङफेदीमा बन्दै गरेको पुलले उत्तरी धादिङको विकासको ढोका खुल्ने संघीय सांसद रामनाथ अधिकारीले बताए । बन्दै गरेको पुलको अवलोकन गर्दै उत्तरी धादिङमा सडक सञ्जालको सहज पहुँच पुग्ने र विकासमा टेवा पुग्ने बताएका छन् ।
‘रुवीभ्यालीको पाङसाङसम्म सडक सञ्जाल जोडिएको छ । तर पुल नबन्दा वर्खाको समय सवारी आवगमन बन्द थियो । यो पुलले हदसम्म सहजता थप्नेछ, उनले भने– ‘पुल बनिसकेपछि बाह्रै महिना बाह्रै काल सवारी चल्नेछ । उत्तरी धादिङबासीको जीवनमा ठूलै परिवर्तन ल्याउनेछ । पुल निर्माणमा सहयोग गर्ने सबैप्रति म आभारी छु ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।