मेयर हर्क साम्पाङले बीपी प्रतिष्ठानमा लगाएको ताला खोल्न अदालतको आदेश

  • २०८० माघ ५, शुक्रबार (६ महिना अघि)
  • २११ पटक पढिएको
मेयर हर्क साम्पाङले बीपी प्रतिष्ठानमा लगाएको ताला खोल्न अदालतको आदेश

काठमाडौं– धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङ राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।

Advertisement

उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको शुक्रबारको एकल इजलासले उक्त आदेश दिएको हो । केही दिनअघि साम्पाङ आफैंले उपकुलपति प्रह्लाद कार्कीको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

बीपी स्वास्थ्य प्रतिष्ठान संघीय सरकारअन्तर्गत पर्छ । तर मेयर हर्कले आफ्नो सीमा मिचेर उपकुलपतिको कार्यालयमा ताला लगाएका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट