धादिङ– पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली धादिङबेशी आउने भएका छन् । आज शुक्रबारबाट धादिङबेसी स्थित खुल्लामञ्चमा हुने नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्न ओली धादिङ आउने भएका हुन् ।
काठमाडौंबाट सडकमार्ग हुँदै धादिङबेसी आउन लागेका ओलीको स्वागतमा एमालेले पृथ्वीराजमार्ग लगायत जिल्लाका विभिन्न ठाउँबाट ¥याली निकाल्ने र धादिङबेसीसम्म स्कटिङ गर्ने व्यवस्था मिलाएको छ ।
एमाले धादिङको नवौ अधिवेशनले समृद्ध धादिङको मार्गचित्र प्रस्तुत गर्ने नेकपा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठीले बताए । ‘नवौ जिल्ला अधिवेशनले धादिङको नयाँ कार्य दिशा दिनेछ’ उनले भने– ‘अघिवेशन उद्घाटनसत्रमा धादिङमा कृयाशिल सबै राजनीतिक दलको उपस्थिति रहने छ । अधिवेशनमा आउने अतिथि र प्रतिनिधिहरुको स्वागतमा एमालेले धादिङबेसी बजार झकिझकाउ बनाएका छ ।’
अधिवेशनले एक सय पाँच सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । सर्वसम्मत नयाँ नेतृत्व चयनको लागि अधिकतम प्रयास गर्ने एमाले नेताहरुले बताएका छन् । अधिवेशनमा जनवर्गीय संगठनहरुबाट मनोनित हुने बाहेक ५ सय ८० जना प्रतिनिधि सहभागी हुनेछन् । ३० जना सदस्य बराबर १ जना प्रतिनिधि छनोट भएको एमाले धादिङका इन्चार्ज धर्मदक्त देवकोटाले बताए । जिल्लामा मतको हिसावले १ नम्बर पार्टीलाई अब जित्ने पार्टी बनाउने र धादिङका जनताको इच्छा पूरा गर्ने पार्टी एमाले बन्ने देवकोटाले बताए ।
अधिवेशन उद्घाटनका लागि एमालेले गाउँ गाउँबाट विभिन्न झाँकीहरुसहित कार्यकर्ता धादिङबेसीमा ल्याउने तयारी गरेको छ । एमालेले माइकिङ, भेटघाट, टेलिफोन, विभिन्न सामाजिक सञ्जाल लगायतका माध्यमबाट प्रचार गरिरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।