नारायणगढ–मुग्लिन सडक थप तीन साता बन्द हुने

  • २०८० माघ १९, शुक्रबार (५ महिना अघि)
  • १३४ पटक पढिएको
नारायणगढ–मुग्लिन सडक थप तीन साता बन्द हुने

काठमाडौं– नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि फेरि तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो ।

Advertisement

थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

उनका अनुसार अब अन्तिम पटकका लागि तीन हप्ता सडक बन्द गरेर काम गर्न लागिएको हो । यसअघि गएको पुस ७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम हुँदै आएको थियो । त्यतिबेला तीन साता भनेर काम थाले पनि नसकिएपछि अर्को तीन साता थप भएको थियो ।

दोस्रोपटक थपिएको तीन साताको म्याद भोलि सकिँदैछ । यस अवधिमा पनि काम नसकिएपछि फेरि अर्को तीन साता दिउँसो चार घण्टा ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गर्न लागिएको हो । काठमाडौं बाहिरिने र भित्रिने मुख्य मार्गको रुपमा रहेको यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी गाडी आवतजावत गर्छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट