राज्यलाई ठग्नेहरूलाई कारबाही गर्न खोज्दा राजनीतिक दबाब आयोः गृहमन्त्री

  • २०८० माघ १९, शुक्रबार (५ महिना अघि)
  • १४४ पटक पढिएको
राज्यलाई ठग्नेहरूलाई कारबाही गर्न खोज्दा राजनीतिक दबाब आयोः गृहमन्त्री

काठमाडौं– उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यलाई ठग्नेहरूलाई कारबाही गर्न खोज्दा राजनीतिक दबाब आउने गरेको बताएका छन् ।

Advertisement

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले अपराध गर्नेहरूलाई कारबाही गर्न खोज्दा निरन्तर हस्तक्षेप भइरहेको बताए । कुनै अपराध, ठगी, जालसाजीमा राजनीतिमा जोडिएको मान्छे प¥यो भने राजनीतिक पार्टीका नेताहरू कराउन थाल्ने गरेको उनको भनाइ छ ।

गल्ती, अपराध गर्नेहरूलाई कारबाही गर्न थाल्ने बित्तिकै उद्योगी व्यवसायीहरूले वक्तव्यबाजी शुरु गर्ने गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन नसकिने बताए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट