अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

  • २०८० माघ २०, शनिबार (५ महिना अघि)
  • १५३ पटक पढिएको
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

 

Advertisement

काठमाडौं– अर्घाखाँचीको भूमिकास्थान नगरपालिका– २ ढाकाबाङको खोलाखर्कमा लु१ज १६७९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

उपल्लो ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको जिप दुर्घटना भएको भूमिकास्थान नगरपालिका वडा नं २ का वडा अध्यक्ष बुद्धि थापाले जानकारी दिए ।

दुर्घटनामा परेर मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका वडा नं २ निवासी देवा बेल्वासे र सन्धिखर्क नगरपालिका वडा नं ८ निवासी जेमकला आचार्य रहेका रहेका छन् ।
यसैगरी घाइते हुनेमा पणेनाकी कोपीला खनाल र उनका ८ महिनाको छोरा पनि घाइते भएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट