बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीनै जना रिहा

  • २०८० माघ २४, बुधबार (५ महिना अघि)
  • १४३ पटक पढिएको
बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीनै जना रिहा

काठमाडौं– बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरीसहित ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिहा गरेको छ ।

Advertisement

काठमाडौं जिल्ला अदालतको आदेशपछि उनीहरूमाथि किर्ते र ठगी मुद्दामा अनुसन्धान कायमै राखेर हाजिर जमानीमा छाडेको सीआईबीले जनाएको छ ।

सोमबार जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न तर दुई दिनभित्र अनुसन्धान नसके हाजिर जमानीमा छोड्न आदेश गरेको थियो ।

सीआईबीले बिहीबार चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट