बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

  • २०८० माघ २४, बुधबार (५ महिना अघि)
  • १३९ पटक पढिएको
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा–३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Advertisement

घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले उनलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारको हेटौंडा कार्यालयको टोलीले वडाध्यक्ष तारा बहादुर कार्की क्षेत्रीलाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ लिइएको अवस्थामा पक्राउ गरेको थियो ।

उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर बुधबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट