अरुण चौधरीसहित ३ जनालाई थुनामुक्त गराउन आदेश दिने न्यायाधीश आचार्यको मुगु सरुवा

  • २०८० माघ २९, सोमबार (५ महिना अघि)
  • १५२ पटक पढिएको
अरुण चौधरीसहित ३ जनालाई थुनामुक्त गराउन आदेश दिने न्यायाधीश आचार्यको मुगु सरुवा

काठमाडौं– काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ ।

Advertisement

बाँसवारी छाला जुत्ता कारखानाको जग्गा विवादमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यवसायी अरूणकुमार चौधरीसहित ३ जनालाई थुनामुक्त गराउन आदेश दिने न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु पठाइएको हो ।

म्याद थपका निम्ति अदालतमा उपस्थित गराइएका चौधरीका विषयमा अन्तरिमजस्तै आदेश दिइएको थियो । त्यसपछि न्यायाधीश आचार्यबारे प्रश्न उठाइएको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई मुगु जिल्ला अदालतमा काजमा पठाउने निर्णय गरेको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट