एलिना चौहानको धोका दियौ भने ‘कट्टा हानिदिन्छु’ गीत युट्युबको ट्रेन्डिङमा

  • २०८० माघ १०, बुधबार (६ महिना अघि)
  • १९९ पटक पढिएको
एलिना चौहानको धोका दियौ भने ‘कट्टा हानिदिन्छु’ गीत युट्युबको ट्रेन्डिङमा

काठमाडौं– गायिका एलिना चौहानको ‘कट्टा हानिदिन्छु’ गीत युट्युबको ट्रेन्डिङमा पर्न सफल भएका छन् । उनी पछिल्लो समय ब्रेकअपको कारणले चर्चामा छिन् ।

Advertisement

उनको ‘कट्टा हानिदिन्छु’ गीत सार्वजनिक भएको तेस्रो दिनमात्रै भएको छ । तेस्रो दिनमै युट्युब ट्रेन्डिङमा आउन सफल भएको छ । ओबी रायमाझीको युट्युब च्यानलबाट सार्वजनिक गीतले यो समाचार तयार गर्दासम्म २ लाख ५२ हजार भन्दा धेरै भिउज पाउँदै युट्युब ट्रेन्डिङको तेस्रो स्थानमा पर्न सफल भएको हो ।

नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको सङ्गीत रहेको गीतमा एलिनाको अलवा सङ्गीतकार सेन्चुरीकै स्वर रहेको छ । डान्सिङ नम्बरका रूपमा सार्वजनिक गीतको भिडियो आश्मा विश्वकर्मा र ओबी रायमाझीको नृत्य छ ।

प्रेमिकाले प्रेमीलाई धोका दिएर कट्टा हान्ने कुरा गरिएको गीतको भिडियो निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

Katta Handinchhu – Khem Century • Eleena Chauhan • Obi Rayamajhi • Aashma Bishwokarma • Nepali Song (youtube.com)

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट