३१ अंकले बढ्दै नेप्सेमा हरियाली, ११ वटा कम्पनीको सेयरमा सकारात्मक ’सर्किट’

  • २०८० पौष २९, आईतबार (६ महिना अघि)
  • १८५ पटक पढिएको
३१ अंकले बढ्दै नेप्सेमा हरियाली, ११ वटा कम्पनीको सेयरमा सकारात्मक ’सर्किट’

काठमाडौं– आज सेयर बजार उच्च अङ्कले बढेर हरियाली भएको छ । सेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय २० दशमलव ६२ विन्दुमा पुगेको छ ।

Advertisement

आज होटल तथा पर्यटनबाहेक अरू सबै समूहको सेयर बढेकोमा जलविद्युत्, फाइनान्स र अन्य समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज ११ वटा कम्पनीको सेयर १० प्रतिशतले बढेर सकारात्मक ’सर्किट’ लागेको छ । समग्रमा बजार हरियाली भएको दिन आज मेगा म्युचल फन्ड–१ को सेयर साढे नौ प्रतिशतले घटेको छ ।

आज एक करोड ६६ लाख पाँच हजार कित्ता सेयर पाँच अर्ब ४५ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीका १२ लाख ७४ हजार कित्ता प्रमोटर सेयर ३५ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट