गायक तथा संगीतकार योगेश वैद्यको निधन

  • २०८० माघ ५, शुक्रबार (६ महिना अघि)
  • १४३ पटक पढिएको
गायक तथा संगीतकार योगेश वैद्यको निधन

काठमाडौं– वरिष्ठ गायक तथा सङ्गीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ । उनको बिहीबार राति साढे १२ बजे भ्याली अस्पताल सुन्धारामा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

Advertisement

बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएपछि उनलाई राति भ्याली अस्पताल लगिएको थियो ।

७७ वर्षका गायक वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र सङ्गीतकार हुन् ।

नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् । यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट