त्रिविले थेसिस बुुझाउन बाँकी विद्यार्थीहरुलाई अन्तिम मौका दिने

  • २०८० माघ ५, शुक्रबार (६ महिना अघि)
  • २१८ पटक पढिएको
त्रिविले थेसिस बुुझाउन बाँकी विद्यार्थीहरुलाई अन्तिम मौका दिने

काठमाडौं – २०५८ सालपछि भर्ना भइ थेसिस, टर्मपेपर, प्रोजेक्ट रिपोर्ट, इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पूरा गर्न बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले एक पटकका लागि मौका दिने भएको छ ।

Advertisement

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा अन्तर्गत २०५८ मा अथवा त्यसभन्दा पछि भर्ना भइ सैद्धान्तिक परीक्षा पास गरेका तर थेसिसलगायतका प्रोजेक्ट रिपोर्ट र शिक्षण अभ्यास पूरा गर्न बाँकी विद्यार्थीलाई एक पटकका लागि मौका दिने निर्णय गरेको हो ।

सेमेष्टेर प्रणाली अन्तर्गत २०६८ सालमा भर्ना भइ समय सीमा काटेकालाई आउँदो असार मसान्तभित्र सम्बन्धित क्याम्पस र विभागमा बुझाइ भाईभा समेत गर्ने गरी एक पटकको लागि अवसर दिने निर्णय भएको त्रिविको प्राज्ञिक परिषद् कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार एमफिल तहमा २०६८ सालमा भर्ना भइ समय सीमा काटेकालाई पनि एक पटकको लागि मौका दिने निर्णय भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट