नवौं धादिङ महोत्सवमा धादिङबेशीका नेवार समुदायको झाँकी प्रदर्शनीको भव्य तयारी

  • २०८० माघ ९, मंगलबार (६ महिना अघि)
  • २४६ पटक पढिएको
नवौं धादिङ महोत्सवमा धादिङबेशीका नेवार समुदायको झाँकी प्रदर्शनीको भव्य तयारी

धादिङ– गजुरीको गलौदीमा हुने नवौं धादिङ महोत्सवको उद्घाटन समारोहमा धादिङबेशीका नेवार समुदायले पाँच वटा भन्दा बढी झाँकीहरु प्रस्तुत गर्ने भएका छन् ।

Advertisement

लाखे, टाकटुके, धिमे बाजासहितको झाँकीहरु र सुकुण्डा, खर्पन, अन्ति, कोटा, नेवारी भेषभुषा र व्यानरसहित प्रस्तुत गर्ने तयारी गरेको झिगु नेवा समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

जिल्ला सदरमुकाम धादिङबेशीबाट ¥यालीसहित दुइ सय भन्दा बढी नेवार समुदायका कलाकारहरु आफ्नो भेषभुषासहित महोत्सव उद्घाटन गर्न आउने अतिथि तथा सहभागीहरुलाई स्वागत गर्ने तयारी गरेका हुन् । धादिङबेशीका नेवार समुदायले जिल्लामा हुने महोत्सवहरुमा नेवार समुदायको कला संस्तृति भल्किने खालका झाँकीसहितका प्रदर्शनीहरु गर्दै आएका छन् ।

धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारा सहित आयोजना गरिएको महोत्सवमा गजुरी गाउँपालिकाको गलौँदीस्थित त्रिशुली किनारमा माघ १० गते महोत्सव शुरु भइ २१ गतेसम्म चल्नेछ । स्थानीय स्तरको उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यले आयोजना गरिएको महोत्वसमा २ सय ४० वटा स्टल रहेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट