पार्किङ निषेध गरेको विरोधमा व्यापारीले गरे काठमाडौं महानगरपालिका घेराउ

  • २०८० माघ १०, बुधबार (६ महिना अघि)
  • १९५ पटक पढिएको
पार्किङ निषेध गरेको विरोधमा व्यापारीले गरे काठमाडौं महानगरपालिका घेराउ

काठमाडौं– काठमाडौं महानगरपालिकाले पार्किङ निषेध गरेको विरोधमा व्यापारीहरूले आज पनि विरोध प्रदर्शन गरेका छन् ।

Advertisement

फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरूले काठमाडौं महानगरको कार्यालय घेराउ गरेका छन् । रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारीहरू ¥यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका हुन् ।

काठमाडौं महानगरपालिकाले माघ ९ गते देखि लागू हुने गरी नयाँ सडकका क्षेत्रहरूमा पार्किङ हटाउने निर्णय गरेको थियो । सो निर्णयले उक्त क्षेत्रमा रहेका विभिन्न वर्गका लाखौँ व्यवसायी, स्थानीय तथा सेवाग्राहीहरू अन्यायमा परेको उनीहरूले दाबी गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट