बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

  • २०८० माघ १३, शनिबार (६ महिना अघि)
  • १६९ पटक पढिएको
बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौं– रौतहटको चन्द्रनिगाहपुरमा यात्रुवाहक बसको ठक्करबाट एक जना ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

Advertisement

सर्लाहीबाट यात्रु लिएर नारायणगढ तर्फ गइरहेको बा ३ ख ३४५५ नम्बरको यात्रुवाहक बसले आज बिहान ४ बजे चन्द्रपुर ५ का बोधनाथ पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन् ।

मर्निङवाकमा रहेका पौडेललाई जगत पेट्रोलपम्प अगाडी बसले ठक्कर दिएको थियो । ठक्कर दिने बस र चालक चन्द्रपुर–४ का विजय राई लाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । बाक्लो हुस्सुको कारण बिहान बाटो नदेखिएर उक्त दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट